राष्ट्रिय गणितीय हाजिरजवाफ प्रतियोगिताको उपाधि दी टाइम्स कलेजलाई

  • ११६३
  • शनिबार, १२ माघ २०७५

भक्तपुर। राष्ट्रिय गणितीय हाजिरजवाफ प्रतियोगिताको उपाधि दी टाइम्स कलेज काठमाडौंले जितेको छ ।

काठमाडौं वल्र्ड स्कूल भक्तपुरमा नेपाल गणितीय समाजको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा ५९ अंक ल्याएर दी टाइम्सका बालकृष्ण आचार्य र प्रतिक भण्डारीले उपाधि जितेको हुन् ।

शनिबार भएको प्रतियोगितामा नेपाल मेगा कलेज काठमाडौंका रुजाल आचार्य र मनोज मुखिया ५६ अंकसहित दोस्रो, न्यु क्यापिटल कलेज चितवनका विराट दवाडी र समिर श्रेष्ठ ३६ अंकसहित तेस्रो र सेन्ट लेवरेन्स कलेज काठमाडौंका विजय भट्टराई र दिवाकर लामिछाने ३४ अंकसहित चौथो भएका थिए ।

कक्षा १२ र ए लेवलका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने दी टाइम्सले रु.५० हजार नगद, दुई थान ल्यापटप, सिल्ड, मेडल, विभिन्न छात्रवृत्ति लगायत गिफ्ट ह्याम्परका पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै दोस्रो हुने नेपाल मेगाले रु.३० हजार नगद, सिल्ड, मेडल लगायत विभिन्न गिफ्ट ह्याम्परका पुरस्कार प्राप्त गरेका छन् भने तेस्रो हुनेले रु.२० हजार नगद, सिल्ड, मेडल लगायत विभिन्न गिफ्ट ह्याम्परका पुरस्कार प्राप्त गरेका छन् ।
विजयी हुने विद्यार्थीहरुलाई आजै पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा देशभरका ६४ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगीता माघ १० गते सुरु भएको थियो ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.