नेकपाले छान्यो माघ ९ गतेको लागि राष्ट्रियसभाका उम्मेदवार

  • १५९
  • शुक्रबार, १८ पौष २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले माघ ९ गते हुने राष्ट्रिय सभा उम्मेदवारको टुङ्गो लगाएको छ । आज बिहान बसेको पार्टीको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १६ जना उम्मेदवारको टुङ्गो लगाएको हो ।

जस अनुसार प्रदेश १ बाट महिलामा इन्दु गौतम, दलितमा गोपी अछाम तथा अन्यमा देवेन्द्र दाहाल, प्रदेश २ बाट महिलामा तुलसा दाहाल र दलितमा राधेश्याम पासवान, प्रदेश ३ बाट महिलामा गंगा वेल्वासे तथा अन्यमा बेदुराम भुषाललाई उम्मेदवार बनाएको छ ।

यसैगरी, गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने, प्रदेश ५ बाट महिलामा विमला घिमिरे, अपांगतामा जगप्रसाद शर्मा तथा अल्पसंख्यकमा गोपाल भट्टराई, कर्णाली प्रदेशबाट अन्यमा मायाप्रसाद शर्मा र महिलामा सुमित्रा विसि तथा सुदुरपश्चिममा प्रदेशबाट अन्यमा तारामान स्वार र महिलामा शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय नेकपाले गरेको छ ।

राष्ट्रियसभाका १८ रिक्त पदका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.