अमेरिकी आक्रमणमा: इरानी जनरलको मृत्यु

  • १३४
  • शुक्रबार, १८ पौष २०७६

काठमाडौं । अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन् । बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानै भएको आक्रमणबाट प्रमुख जनरल सुलेमानी मारिएको अमेरिकी रक्षा विभागले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ‘राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा’ मारिएको बताएको बीबीसीले उल्लेख गरेको छ । जनरल सुलेमानी कारमा रहेको बेला अमेरिकी हवाई आक्रमणमा मारिएका हुन् ।

इरानका विदेशमन्त्री जावेद जारिफले सो आक्रमणलाई ‘धेरै नै खतरनाक र मूर्खतापूर्ण’ भनेका छन् । इरानको रिभोलुशनरी गार्ड्सले आज सुलेमानीको मृत्यु भएको पुष्टि गरेको त्यहाँको राज्यनियन्त्रित टीभीले बताएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार सुलेमानी र इरानसमर्थित विद्रोही नेताहरु दुईवटा कारमा विमानस्थलबाट निस्कदै गर्दा आक्रमणमा परेका थिए ।

सुलेमानी सिरिया वा लेबननबाट इराक आएको बताइएको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.