आज नेकपाको सचिवालय बैठक बालुवाटारमा बस्दै

  • १४६
  • शुक्रबार, १८ पौष २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले बिहान आठ बजे बालुवाटारमा बस्दैछ । बैठकले सातै प्रदेशको राष्ट्रियसभाको उम्मेद्वारको नामबारे टुंगो लगाउने बताइएको छ ।

यसअघि हिजो (बिहीबार) को बैठकले त्यसबारे छलफल गरेको थियो। राष्ट्रियसभाका १८ रिक्त पदका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ। निर्वाचनका लागि पुस २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।

आजको बैठकमा सभामुखको नामबारे पनि टुंगो लगाउने प्रयास हुने एक नेताले बताए ।

सभामुखको विषयमा नेकपाले निर्णय गर्न नसक्दा संसदको बैठक पटक-पटक सूचना टाँस गरेर स्थगित हुँदै आएको छ। संसदको बैठक आगामी २७ गतेका लागि बोलाइएको छ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.