ट्रेलरसँगै फिल्मको प्रदर्शन मिति सार्वजनिक

  • ७४
  • आइतबार, २० पौष २०७६

काठमाडौं । अभिनेता अनुपबिक्रम शाही र रविन तामाङ दुश्मन बनेका छन् । नयाँ फिल्म ‘कमाण्डर’मा यी दुबै एक अर्काको दुश्मन बनेका हुन् । एलआर विबेक सापकोटाको निर्देशन रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा अनुप र रबीनको टक्कर देख्न सकिन्छ ।

ट्रेलरसँगै फिल्मको प्रदर्शन मिति माघ १० सार्वजनिक गरिएको छ । फिल्ममा अनुप प्रहरी अधिकृत र रबिन तस्करको भूमिकामा रहेको निर्देशक सापकोटाले जानकारी दिए । सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको फिल्ममा अनुपबिक्रम र रबिनका साथमा ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापाको मुख्य अभिनय रहेको छ ।

फिल्मको सहनिर्मातामा सावन जंग राना छन् ।  ‘कमाण्डर’ भ्रष्टाचार, तस्करी, लागूऔषध कारोबार, चेलीबेटी बेचबिखनलगायतका समसामयिक बिषयमा केन्द्रित रहेको निर्देशक एलआरको भनाई रहेको छ । फिलममा दिब्य सुवेदीको छायाँकन, श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.