साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको सुधार

  • ६९
  • आइतबार, २० पौष २०७६

काठमाडौं । साताको पहिलो दिन (आइतबार) सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज नेप्से १६ दशमलव शून्य नौ अंकले बढेर एक हजार एक सय ८२ दशमलव ३१ अंकमा पुगेको हो ।

नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९१ अंकले बढेर दुई सय ५५ दशमलव ६९ अंकमा पुगेको छ ।

यस दिन बजारमा कारोबारमा आएका १२ वटै समूहगत उपसुचक उकालो लागे । १२ सूचकमध्ये बैंकिङ समूह सर्वाधिक १६ दशमलव ७४ अंकले उकालो लागेको हो । आइतबार बजारमा शिवम् सिमेन्टको सेयरको कारोबार सबैभन्दा उच्च रह्यो । कम्पनीको सेयर पाँच करोड ६२ लाख २७ हजार ३८४ रुपैयाँमा कारोबार भएको हो ।

नेप्सेमा दोहोरो अंकको सुधार आउँदा ओमी माइक्रो फाइनान्सका लगानीकर्ताले सर्वाधिक नौ दशमलव ९३ प्रतिशत कमाए । त्यसैगरी, नेपाल फन्डका लगानीकर्ताले सर्वाधिक पाँच दशमलव ६३ प्रतिशत गुमाए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.