पलसँग रोमान्टिक पूजा

  • २८
  • आइतबार, २० पौष २०७६

काठमाडौँ । नायिका पूजा शर्मा र नायक पल शाहको जोडी फागुण २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रतिक्षामा छ । यो चलचित्रको पहिलो सिरिज हिट भएकाले पनि पल र पूजालाई दोश्रो सिरिज कस्तो होला भन्ने डर र उत्साह दुबै छ ।

यसैले पनि यी दुइले प्रचारका लागि कुनै कसर बाँकी राखेका छैनन् । चलचित्रमा समावेश ‘तिम्रो घरको वरिपरी’ बोलको गीत सार्वजनिक भैसकेको छ । यो गीत अहिले हिट भैरहेको छ ।

यही हिट गीतमा पूजा र पलले शनिबार नृत्य गरेका छन् । ‘कामना फिल्म अवार्ड’को मञ्चमा पूजा र पलले नृत्य गर्दै दर्शकले पनि साथ दिए । यो गीतमा नृत्य गर्नका लागि पूजा र पलले केही दिन अगाडिबाट नै तयारी गरिरहेका थिए ।

पल र पूजाको जोडी स्टेजमा आकर्षक देखिएको थियो । यी दुई अवार्ड समारोहमा भने अलग–अलग रुपमा पुगेका थिए । तर, स्टेजमा पनि यी दुइको रोमान्टिक अवतारले सबैको ध्यान खिच्यो ।
सुदर्शन थापा निर्देशित यो चलचित्रलाई सांगीतिक प्रेमकथामा तयार पारिएको छ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.