संगीतबाट पनि निको हुन्छन् विभिन्न खालका रोगहरु

  • १८६
  • आइतबार, २७ पौष २०७६

काठमाडौँ । संगीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये संगीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो ।

यसले हाम्रो स्वास्थ्यमा मात्र नभई जीवनशैलीलाई नै आनन्ददायी र सुखमय बनाएर जीवनलाई सरल र स्वस्थ बनाउने आयुर्वेदाचार्य हेमकुमारी आचार्यले जानकारी दिइन् । उनी भन्छिन्, ‘गन्धर्व वेदअनुसार संगीतमा सात स्वर हुन्छन् । यिनै सात स्वरको सम्मिश्रणबाट सबै प्रकारका रागको निर्माण हुन्छ । यसबाट शरीर र मन स्वस्थ रहन्छ । यी सात स्वरमा सा, रे, ग, म, प, ध, नि पर्छन् ।

छिँडीभरि साना-ठूला ‘सिङ्गिङ बाउल’ छरिएका छन् । सँगैको बन्द कोठाभित्रबाट बेलाबेला मधुर गुञ्जन सुनिन्छ । शान्तरत्न शाक्य बेला बेला हातको ड्रम स्टिकले महिलाको वरिपरि राखिएको कचौरामा हिर्काउँदै ध्वनि निकालिरहेका थिए ।

बौद्धका शाक्यले यसलाई ‘सिङ्गिङ बल’ थेरापी भनिने जानकारी दिए । यस्तो उपचारबाट उच्च रक्तचाप, डिप्रेसन, माइग्रेन, हाडजोर्नी दुखाइका साथै विशेषतः कान बज्ने रोगमा प्रभावकारी हुन्छ । नौ वर्षको उमेरमा शाक्यले बाजेबाट सिकेर उपचार पद्धति थालेको ३७ वर्ष भइसक्यो । उनी भन्छन्, ‘यो झन्डै १८० वर्ष पुरानो उपचार पद्धति हो । बिरामीले अलिकति विश्वास लिए निको हुन्छ ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.