नव–गायिका श्रृंखला जोशीको “तिम्रो आवाज” सार्वजनिक (भिडियोसहित)

  • ७२
  • आइतबार, २७ पौष २०७६

काठमाडौं । नव-गायिका श्रृंखला जोशीको स्वरमा रहेको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका श्रृंखलाको स्वरमा रहेको “तिम्रो आवाज” गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

उदय सोताङ्गको संगीत र बिष्णु बाबु देवकोटाको शब्द रचना रहेको गीतमा कृष्ण लिम्बुको संगीत संयोजन रहेको छ ।

द भ्वाइस अफ नेपालको सिजन दुई मा सहभागी भएर चर्चामा आएकी श्रृंखलाको गीतमा स्वयंले अभिनय गरेकी छिन् । साथमा उनलाई अभिनेता अजस्र ढुंगानाले साथ दिएका छन् ।

म्युजिक भिडियोको निर्देशन सुब्रत राज आचार्यले गरेका छन् भने भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् ।

नविन निरौलाको सम्पादन रहेको गीतमा नेपालकी पहिलो नायिका भुवन चन्दको पनि अभिनय देख्न सकिन्छ । श्रृंखला वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीकी छोरी हुन् ।

भिडियो हेर्नुहोस्ः



हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.