भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघमा: प्रजापति

  • ७०
  • आइतबार, २७ पौष २०७६


भक्तपुर । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको अध्यक्षमा माधवप्रसाद प्रजापति निर्विरोध निर्वाचित भएका छन् । संघको शनिबार सम्पन्न भएको दशौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले प्रजापतिको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षत्रयमा गंगाराम मानन्धर, रामगोपाल सुवाल र रुकेश रञ्जित, महासचिवमा चन्द्र श्रेष्ठ, सचिवमा रामप्रसाद खर्बुजा, कोषाध्यक्षमा अल्बर्ट बज्राचार्य र सहकोषाध्यक्षमा श्याम दुवाल पनि निर्विरोध चयन भए ।

त्यस्तै सदस्यहरुमा क्रमशः लक्ष्मीप्रसाद कोजू, शिवराम वैद्य, श्याम नगरकोटी, बुद्धिकुमार मुस्याख्व र अर्जुनगोपाल धौभडेल चयन भए ।

संघमा भक्तपुरका एक सय ६६ जना विद्युतीय सामग्री, कम्प्युटर, ल्यापटप तथा मोबाइल विक्रेताहरु रहेका छन् ।

साधारणसभाको नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले उद्घाटन गरेका थिए । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघको ३२ औं साधारणसभाबाट नव–निर्वाचित कार्यसमितिलाई सम्मान समेत गरिएको थियो ।

 

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.