“भिजिट नेपाल २०२०” लाई आधारित गीतमा भक्तपुरको वर्णन (भिडियोसहित)

  • ५९
  • आइतबार, २७ पौष २०७६

काठमाडौँ । कपिल कस्पालको एल्वम ‘महसुस’ सँगसँगै ‘नेपाली शीरको कालो टोपी भक्तपुर’ बोलको गीत लोकार्पण भएको छ ।

भक्तपुर विशेष गीतका रचना कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ ले गरेका हुन् । यस गीतको संगीत तथा एरेन्ज संगीतकार बि.बि अनुरागीले गरेका छन् भने स्वर गायक कपिल कस्पालको रहेको छ । यस गीतलाई सम्पादन, उत्पादन तथा निर्माण व्यवस्थापनको संयोजन साहित्यकार जितेन्द्र रसिकले गरेका हुन् । भिडियो निर्माणको संयोजन भने गायक कस्पालले गरेका छन् । भिडियोमा सिंगो भक्तपुर जिल्लाको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक पक्ष समेटिएका छन् ।

गीतलाई अंग्रेजीभाषामा ‘स्क्रोल’ राखिएकाले पर्यटकहरुले समेत सजिलै राखिएकाले पर्यटकहरुले समेत सजिलै बुझ्न सक्नेछन् । यस गीतबाट विश्वभरिका दर्शकस्रोता तथा पर्यटकले भक्तपुरको सम्पूर्ण कला, भाषा, साहित्य, परम्परा, रीतिरिवाजसँगै समग्र भक्तपुरबारे पाँच मिनेटको गीतबाट जानकारी प्राप्त गर्नेछन् ।

भिडियो हेर्नुहोस्ः

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.