पूजालाई ‘पर्खी बसेँ २’को अफर

  • ६२
  • आइतबार, २७ पौष २०७६

काठमाडौँ । निर्देशक सौरभ चौधरीलाई ‘पर्खी बसेँ २’ उत्कृष्ट बनाउनुपर्ने चुनौती छ । किनकी, करिब एक दशकअघि रिलिज भएको चलचित्र ‘पर्खी बसेँ’ले व्यापारिक रुपमा राम्रो कमाई गर्यो । गोपिकृष्ण मुभिजबाट निर्माण भएको पछिल्लो हिट चलचित्र यही नै हो ।

अब, गोपिकृष्ण मुभिज यही नाममा सिरिज बनाउँदैछ । चलचित्रको कथा लेखनको काम अगाडि बढिरहेको छ । वुझिएअनुसार, यो चलचित्रको पटकथा संचारकर्मी सुशिल पौडेलले लेख्दैछन् ।

चलचित्रको मुख्य भूमिकामा को रहने भन्ने चर्चा पनि चलिरहेको छ । चलचित्रको निर्माणपक्षले भने नायिकाको रुपमा पूजा शर्मालाई अफर गरेको छ ।

नायिका पूजा शर्माले पनि चलचित्रको अफर आफूलाई आएको स्विकार गरिन् । चलचित्रका निर्देशक सौरभ चौधरी भन्छन्-‘हामी बलियो टिमअप बनाएर काम गर्ने तयारीमा छौ । यसका लागि कलाकार पनि बलियो चाहिन्छ । नायिका पूजा शर्मालाई अफर गरेको कुरा सत्य हो ।’

चलचित्रमा २ नायक र एक नायिका हुनेछन् । सांगीतिक प्रेमकथामा नै यो चलचित्र बन्नेछ ।

पूजासँगै चलचित्रको अफर नायक आकाश श्रेष्ठलाई पनि गएको छ । अर्का एक जना नायकको बिषयमा भने निर्माणपक्षले कसैलाई पनि अफर गरेको छैन । चलचित्रको छायांकन आउँदो बर्षबाट मात्र सुरु हुनेछ ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.