न्यु डाइमण्डलाई हराउँदै एपीएफ च्याम्पियन

  • ६८
  • आइतबार, २७ पौष २०७६


काठमाडौं । विभागीय टिम एपीएफ क्लबले तेस्रो संस्करणको होङ्गान्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा आइतबार भएको फाइनलमा आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन भएको हो ।

उपाधि जित्ने क्रममा एपीएफले न्यु डायमण्डको चुनौती २५-२०, २५-२३ र २५-१८ ले पाखा लगायो । यससँगै एपीएफले लगातार दोस्रो वर्ष न्यु डायमण्डलाई हराएर उपाधि जितेको छ ।

गत संस्करणमा पनि एपीएफले आयोजकलाई हराएर च्याम्पियन बनेको थियो । उपाधिसँगै एपीएफले ४ लाख १ हजार १ रुपैयाँ प्राप्त गरेको छ । न्यु डायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगितामा नेपाल पुलिस क्लब तेस्रो भयो । त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा पराजित गर्दै पुलिस तेस्रो भएको हो । आर्मीविरुद्ध पुलिसले २५-२२, २५-९ र २५-१२ को सेटमा जित निकाल्यो ।

तेस्रो भएसँगै पुलिसले १ लाख ५१ हजार १ सय १ रुपैया प्राप्त गरेको छ । चौथो भएको आर्मीले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्यो । न्यु डाइमण्ड स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गरेका थिए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.