रोनाल्डो विना नै यूडिनीजको पोस्टमा युभेन्टसको ४ गोल

  • ६९
  • बिहीवार, २ माघ २०७६

काठमाडौं । कोपा ईटालिया फुटबल अन्तर्गत गएराति भएको खेलमा शानदार जित हात पार्दै युभेन्ट्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा युभेन्ट्सले यूडिनीजलाई ४-० गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सको जितमा पाउलो ड्याबालाले दुई तथा गोन्जालो हिग्युन र ड्युगलस कोस्टाले समान एक-एक गोल गरेका थिए ।

गोन्जालो हिग्युनले १६ औं मिनेटमा गोल गर्दै युभेन्ट्सले १-० को अग्रता बनाएका थिए । खेलको२६ औं मिनेटमा ड्याबलाले युभेन्ट्सको अग्रता दोब्बर पारे । ५७ औ मिनेटमा पेनाल्टीमार्फत ड्याबलाले ब्यक्तिगत दोस्रो गोल गरे ।

त्यस्तै कोस्टाले ६१ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई शानदार जित दिलाए । क्रिस्टियानो रोनाल्डो बिरामी परेका कारण उनी खेल मैदानमा उत्रिएका थिएनन् ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.