धादिङमा दुई सन्तानसहित एक दम्पतीले त्रिशुली नदीमा हाम फाले

  • ६४
  • शुक्रबार, ३ माघ २०७६

काठमाडौं । धादिङमा दुई सन्तानसहित एक दम्पतीले त्रिशुली नदीमा हाम फालेका छन् । बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेको झोलुङ्गे पुलबाट हामफालेका चारजना मध्ये श्रीमतीको शव फेला परेको छ ।

दुई बच्चा बेपत्ता भएका छन् भने श्रीमानको उद्धार गरिएको छ । चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाको आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मीले दुई बच्चासहित त्रिशूलीमा हाम फालेका प्रहरीले जनाएको छ ।

जमुनाको शव पुलनजिकै फेला परेको र दुई बालकहरुको खोजी भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.