बी एण्ड सी मेडिकल कलेजका फरार सञ्चालक खोज्दै प्रहरी

  • १०४
  • शुक्रबार, ३ माघ २०७६

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले झापा विर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई खोजी गरेसँगै उनी फरार भएका छन् । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई कार्यालयमै गुण्डा पठाएर अभद्र व्यवहार गरेको मुद्दामा जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएसँगै उनी फरार भएका हुन् ।

यसअघि प्रसाईंले २० करोड घुस मागेको भन्दै सार्वजनिक रुपमा प्रमाणविहिन कुरा मिडियामार्फत बोलेर सार्वजनिक बेइज्जत गरेको भन्दै गिरीले जिल्ला अदालत काठमाडौंमा मानहानीको मुद्दा हालेका थिए । गिरीले मुद्दा हालेपछि आत्तिएका प्रसाईंले भक्तपुरस्थित चिकित्सा शिक्षा आयोगको कार्यालयमै गुण्डा पठाएर मुद्दा फिर्ता लिन दबाब दिएका थिए ।

कार्यालयमै गुण्डा पठाएर अभद्र व्यवहार गरेपछि पीडित गिरी महानगरीय प्रहरी परिसर भक्तपुरमा बुधबार उजुरी बोकेर पुगेका थिए । सोही मुद्दामा जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएपछि उनी फरार भएका हुन् । बिहिबार प्रसाईंको घरमा प्रहरी पुगेको थियो तर उनी नभेटिएको भक्तपुर प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गर्न झापा प्रहरीसँग पनि समन्वय भइरहेको भक्तपुर प्रहरीले जनायो ।

उनी भने मोबाइलको स्विच अफ गरेर सम्पर्कविहिन बनेको बताइएको छ । यसअघि प्रसाईले पत्रकार सम्मेलन गरेरै मेडिकल सम्वन्धनका लागि गिरीले २० करोड घुस गत मंसिर १५ गते बत्तिसपुतलीस्थित होटल द्धारिकाजमा भेटेर मागेको दावी गरेका थिए । प्रसाईंले गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएर सञ्चारमाध्याममार्फत सार्वजनिक गरेका थिए ।

पीडित गिरीले प्रसाईंको आरोप खण्डन गर्दै तत्काल पत्रकार सम्मेलन गरेर जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती तथा मानहानीको मुद्दा दर्ता गरेका थिए । अस्पतालको सम्वन्धन नपाएको झोकमा अराजक बनेका प्रसाईं र गिरीबीच बढेको विवाद चरमचुलीमा पुगेको छ । सम्वन्धनको विषयलाई लिएर बढेको विवाद अहिले एकले अर्कोलाई सिध्याउने खेलमा परिणत भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट रहेका प्रसाईं र गिरीबीचको विवाद अब कसरी ब्यवस्थापन होला रु हेर्न बाँकी छ । अर्कोतिर, मानहानी मुद्दामा जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई २१ दिनभित्र उपस्थित हुन आदेश दिइसकेको सन्दर्भमा प्रसाईं धेरै दिन फरार हुन नसक्ने निश्चित छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.