निर्भया बलात्कार-हत्याकाण्डः भारतीय अदालतले मृत्युदण्डको नयाँ वारेन्ट जारी गरेपछि परिवारमा चिन्ता

  • १७०
  • शनिबार, ४ माघ २०७६


काठमाडौंः भारतको पटियाला हाउस अदालतले निर्भया सामूहिक बलात्कारपछि हत्याकाण्डका चार दोषीलाई मृत्युदण्डको नयाँ वारेन्ट जारी गरेको छ ।

अदालतका अनुसार अपराधीहरुलाई फेब्रुअरी १ मा बिहान ६ बजे झुण्डयाइनेछ । यसअघि अदालतले जनवरी २२ मा फाँसी दिने फैसला सुनाएको थियो । तर अपराधको आरोप लागेका मुकेशकुमार सिंहले राष्ट्रपति समक्ष जीवन रक्षाको माग गर्दै याचिका दर्ता गरेपछि २२ जनवरीको मिति सरेको जनाइएको छ ।


राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार दयाको याचिका खारेज गरिसकेपछि अधिकारीहरूले चार दोषीलाई नयाँ मृत्युदण्ड वारेन्टको माग गरेका थिए । मुकेशको दया याचिका बिहीबार दिउँसो केन्द्रीय गृह मन्त्रालयले राष्ट्रपति समक्ष पठाएको थियो ।

यसअघि दिल्ली सरकार र उपराज्यपाल अनिल बैजलले पनि दया याचिका खारेज गर्न सिफारिस गरेका थिए। यसअघि निर्भया केसका चार दोषीलाई पटियाला हाउस अदालतले जनवरी २२ मा मृत्युदण्ड वारन्ट जारी गरेको थियो । चार जनामध्ये मुकेशकुमारले राष्ट्रपति समक्ष दया याचिका दर्ता गरेका थिए ।

जुन शुक्रबार अस्वीकृत भयो । दया याचिका खारेज भएपछाडि फाँसीका लागि १४ दिनको सूचना सार्वजनिक गरिन्छ । उही समयमा गृह मन्त्रालयले राष्ट्रपतिसँगको दया याचिका अस्वीकार भएपछि अब फाईल दिल्ली सरकारलाई पठाइएको छ ।

डिसेम्बर १६, २०१२ मा दक्षिण दिल्लीको वसन्त विहार क्षेत्रमा प्यारा मेडिकल कलेजकी विद्यार्थी निर्भयालाई बसले ठक्कर दियो । सोही समयमा अक्षयसिंह कुमार, विनयकुमार शर्मा, पवनकुमार गुप्ता, मुकेश सिंह र चालक रामसिंहले निर्भयालाई दुर्व्यवहार गरेका थिए ।

त्यसपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो । आरोपित एक जनालाई नाबालक भन्दै त्यसबेला नै माफी दिइएको थियो । एजेन्सी

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.