उपाधिका लागि आर्मी र पुलिस भिड्दै

  • ८६
  • शनिबार, ४ माघ २०७६


काठमाडौं । सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुँदैछ ।

इनरुवा रंगशालामा हुने फाइनलमा दुई विभागीय क्लब त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।

आर्मी बिनोद भण्डारीको कप्तानीमा मैदान उत्रने छ । पुलिस मन्जित श्रेष्ठको कप्तानीमा मैदान उत्रने छ ।

साविक विजेता समेत रहेको आर्मी उपाधि रक्षाको योजनामा हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेलिरहेको आर्मीले सेमिफाइनलमा प्रदेश नम्बर-३ लाई ६४ रनले हराएको थियो ।

फाइनल अघिको प्रि म्याच कन्फरेन्समा आर्मीक कप्तान विनोदले उपाधि रक्षाको लक्ष्यसहित मैदान उत्रने बताए ।

यता, पुलिस पहिलो पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ । तर, पुलिसलाई उपाधि जित्न बलियो आर्मीको चुनौती पन्छाउनु पर्नेछ ।

पुलिसले सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको थियो ।

पुलिसका कप्तान मन्जितले आर्मी बलियो टिम भएपनि उपाधिको लागि मैदानमा उत्रने बताए ।

प्रतियोगिताको विजेताले ४ लाख ५ हजार नगद पुरस्कार पाउँदा उपविजेताले २ लाख ५ हजार पाउने छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले जनहि २१ हजार प्राप्त गर्नेछन्।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.