सत्य निरुपणमा भट्ट र वेपत्ता छानबिन आयोगको अध्यक्षमा सुवेदी सिफारिस

  • ४०
  • आइतबार, ५ माघ २०७६


काठमाडौंः सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरिएको छ ।

सत्य निरुपण आयोगको अध्यक्षमा कांग्रेसका तर्फबाट गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ र नेकपाका तर्फबाट सदस्यहरुमा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरिएको हो ।

यस्तै बेपत्ता आयोगको अध्यक्षमा नेकपा तर्फका युवराज सुवेदी तथा सदस्यमा विष्णु भण्डारी रहेका एवं कांग्रेसका तर्फबाट सदस्यहरुमा सुनिल रञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापाको नाम सिफारिस गरिएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार कानूननमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीहरुको नाम सिफारिस गरेको हो ।


। दुवै समितिमा एक/एक अध्यक्ष र चार९चार जना सदस्य सिफारिस गरिएको हो ।
दुवै समितिसँग सम्बन्धित विधेयकहरू संसदमा लैजाने सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसबीच सहमति भएको थियो ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.