भ्यागुताको सेलबाट बन्यो विश्वको पहिलो जिवित रोबोट

  • २४
  • आइतबार, ५ माघ २०७६


एजेन्सी । अमेरिकी अनुसन्धानकर्ताहरुले अफ्रिकी भ्यागुताको एक प्रजातिको सेल मर्मत गरि पहिलो जिवित रोबोट निर्माण गर्न सफल भएका छन् । ‘जेनोबोट्स’ नाम दिइएको सो रोबोट एक मिलिमिटर भन्दा पनि सानो छ अर्थात मान्छेको शरीर भित्र सजिलै प्रवेश गर्न सक्ने बताइएको छ । जिवित ‘स्टेम सेल’ बाट निर्मित यो रोबोट हिँड्न, पौडिन र बिना खाना एक हप्तासम्म जिवित रहन सक्छ भने एकसाथ समुहमा पनि काम गर्न सक्षम रहेको बताइएको छ ।

टर्फस युनिभर्सिटीसँगको सहकार्यमा सञ्चालित यस रिसर्चबारे युनिभर्सिटी अफ भेरमन्टले, यो जीवित प्राणीको नयाँ स्वरुप भएको बताएको छ । ‘स्टेम सेलहरु’ ती अनपेक्षित सेल हुन् जससँग छुट्टै किसिमको सेलमा विकसित हुने क्षमता हुन्छ । यस्तोमा वैज्ञानिकहरुले भ्यागुताको भ्रूणबाट तिनै स्टेम सेल निकालि तिनलाई बढ्नका लागि छाडिदिएका हुन् । यसपछि ती सेलहरु सुपर कम्प्युटरले डिजाइन गरिएका विभिन्न शारीरिक आकारमा काटिएको थियो जुन हालसम्मकै पहिलो प्राकृतिक रोबोट भएको युनिभर्सिटी अफ भेरमन्टको समाचार विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बमबमबम
यसपछि ती सेलहरुले आफैँ काम गर्न सुरु गरेका हुन् । जसमा यिनीहरु एउटा संरचनामा परिणत भइ मुटुको मसल्स चलिरहेकै अवस्थामा रोबोटलाई आफैँ हलचल गर्न दिएका थिए । जेनोबोट्ससँग सेलमा पुगेको क्षतिपछि आफ्नो मर्मत आफैँ गर्ने क्षमता पनि छ । जस्तै एकजना वैज्ञानिकले सेललाई काटिदिएपछि पनि त्यो आफूलाई मर्मत गराएर आफैँ अगाडि बढ्न सकेको हो । तर यिनीहरुसँग प्रजनन क्षमता भने हुँदैन ।

प्रमुख अध्ययनकर्ता जोसह्वा बोनगार्ड भन्छन्, “यो वास्तवमै जिउँदो मसिन हो । न यो कुनै परम्परागत रोबोट हो न कुनै प्रजातिको प्राणी । यो नयाँ क्लासको कृत्रिम जीव हो जुन जिवित छ तर कम्प्युटरबाट ‘प्रोग्राम’ गर्न पनि मिल्छ ।” जेनोबोट्स हेर्दा सानो रातो मासुको टुक्रा जस्तो देखिन्छ जसले प्लाष्टिकका रोबोटले गर्न नसक्ने धेरै कामहरु सहज रुपमा गर्न सक्नेछन् । प्लाष्टिकका वा फलामका रोबोटहरु समयसँगै बिग्रन्छन् र स्वास्थ्य अनि वातावरणका लागि हानिकारक साबित हुन सक्छन् तर जेनोबोट्स भने वातावरण मैत्री अनि मानव स्वास्थयका लागि पनि सुरक्षित रहेको नेस्नल एकेडेमी अफ साइन्सेसमा प्रकाशित अध्ययनमा उल्लेख गरिएको छ ।

यिनको प्रयोग रेडियोएक्टिभ फोहोर सफा गर्नमा, समुद्रबाट माइक्रोप्लाष्टिक संकलन गर्न , मान्छेको शरीर भित्रसम्म औषधि पुर्याउन लगायतका लागि गर्न सकिने बताइएको छ । यिनीहरु बिना अतिरिक्त न्युट्रिसन लामो समयसम्म बाँच्न सक्ने अनि पानीमा पनि जिवित रहने हुनाले नै अधिक उपयोगी रहेको बताइएको छ । यसका साथै सेल बायोलोजी र मान्छेको जीवन आयु लगायतका विषयबारे अझ गम्भीर अध्ययन गर्नमा पनि यो अत्यन्तै महत्वपूर्ण हुने बताइएको छ ।

रिसर्चको वेबसाइटमा भनिएको छ, “यसलाई थ्रीडी बायोलोजिकल रुप दिन सकियो भने जन्मेदेखिको डिफेक्टमा सुधार ल्याउन सकिनेछ, ट्युमरलाई सामान्य टिस्युमा परिणत गर्न सकिनेछ, चोट वा डिजेनेरेटिभ रोग लागेमा पुननिर्माण गर्न सकिनेछ भने बूढ्यौली रोक्नमा समेत मद्दत पुर्याउनेछ । यसकारण पनि यो अनुसन्धानले पुननिर्माण औषध क्षेत्रमा उल्लेखनीय प्रभाव पार्नेछ । ” – सिएनएन

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.