काठ्माडौं । ५१ जनाले ज्यान गुमाएको युएस बाङ्ला एयरलाइन्सको जहाज दुर्घटनामा क्याप्टेनसहित चालक दल दोषी रहेको निष्कर्ष जाँचबुझ आयोगले निकालेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापेको छ ।
२८ फागुन ०७४ मा त्रिभुवन अन्त्रर्राष्ट्रिय विमानस्थलमै भएको दुर्घटना लगत्तै पुर्वसचिव यज्ञराज गौतमको अध्यक्षतामा गठित सात सदस्यीय आयोगले क्याप्टेन अविद सुल्तान मुख्य दोषी रहेको निष्कर्ष निकालेको हो ।
आयोगले चालक दलका सदस्य पनि दुर्घटनाका दोषी भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।