काठमाडौं । एफवान सफ्टसँग गरिएको सेवा सम्झौता तोड्ने मनस्थितिमा बैंकरहरु पुगेका छन् । नेपाल बैंकर्स संघमा आवद्ध प्रमुख कार्यकारी अधिकृतहरुको अनौपचारिक छलफलमा एफवान सफ्टसँग सेवा सम्झौता गरिएका बैंकहरु सो संस्थाको सेवा विश्वसनीय नभएको निश्कर्षमा पुगेका हुन् ।
बैठकमा उनीहरुले बैंकजस्तो संवेदनशील क्षेत्रले बजारमा आएका हल्लालाई नजरअन्दाज गरेर बस्न नमिल्ने भन्दै त्यसको विकल्प खोज्नुपर्ने बताएका थिए ।
तर लकडाउन भएको वर्तमान अवस्थामा सम्झौता तोड्नेबारे औपचारिक रुपमा छलफल गर्दा बैंकिङ सेवा नै ठप्प हुन सक्ने भन्दै लकडाउन सकिएपछि सामान्य कारोबारको अवस्था सामान्य भएपछि त्यसबारे थप छलफल गर्ने सहमति भएको एक बैंकरले बताए ।