एनसेलले तिर्‍यो सबै पुँजीगत लाभकर

  • ११४
  • आइतबार, ३० चैत्र २०७६

एनसेलले तिर्‍यो सबै पुँजीगत लाभकर
काठमाडौं। निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सबै पुँजीगत लाभ कर चुक्ता गरेको छ। आइतबार एनसेलले ठूला करदाता कार्यालयमा १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर स्वरुप तिरेको हो।

एनसेलले आइतबार अन्तिम किस्ता अर्थात् १४ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी गरेको छ। ठूला करदाता कार्यालयका प्रमुख सहसचिव झलकराम अधिकारीले एनसेलले रकम भुक्तानी गरेको जानकारी दिए। ‘हामीले पुँजीगत लाभकर बापतको सबै रकम असुल गरेका छौं,’ उनले भने।

सर्वोच्च अदालतले २१ अर्ब १० करोड लाभकर तिर्ने गरी फैसला गरेको भएपनि ठूला करदाता कार्यालयले तत्कालीन समयमा जरिवानासमेत गरी २२ अर्ब ४४ करोड रुपैयाँ बुझाउन एनसेललाई पत्र पठाएको थियो। आइतबारसम्मको जरिवानासमेत गरी एनसलले ठूला करदाताले निर्धारण गरेको भन्दा बढी कर तिरेको हो। यसअघि नै २ पटकमा ९ अर्ब १० करोड रुपैयाँ पुँजीगत लाभकर तिरेको एनसेलले आइतबार थप १४ अर्ब ३३ करोड रुपैयाँ तिरेको हो। उसले लाभकर र जरिवानासमेत गरी गरी जम्मा २४ अर्ब ४३ करोड रुपैयाँ आइतबारसम्ममा चुक्ता गरेको हो।

 

एनसेलको पुँजीगत लाभकरका विषयमा परेको मुद्दामा भदौ ९ गते फैसला गर्दै सर्वोच्च अदालतले २१ अर्ब १० करोड रुपैयाँ कर लाग्ने ठहर गरेको थियो। यसअनुसार ब्याजको हिसाब गर्दै ठूला करदाता कार्यालयले एनसेलमाथि २२ अर्ब ४४ करोड रुपैयाँ कर लाग्ने भन्दै पत्र पठाएको थियो।

कर कार्यालयको पत्र पाएपछि एनसेलले गत पुस १५ गते ४ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको थियो। पहिलो किस्ता बुझाएपछि एनसेलले मंगलबार किस्ताबन्दी सुविधा माग गरेको थियो। एनसेलले दुईपटक गरी ९ अर्ब १० करोड रुपैयाँ कर बुझाएको थियो।

संसदको सार्वजनिक लेखा समितिमा अर्थसचिव शिशिरकुमार ढुंगानाले केही अघि एनसेलबाट चालु आर्थिक वर्षभित्रै पुँजीगत लाभकर संकलन हुने बताएका थिए।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.