काठमाडौंः मनाङ ‘ख’ बाट गण्डकी प्रदेशसभामा निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेले पद तथा गोपनीयताको सपथ लिएका छन्।
सोमबार उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा सचिवलायमा सपथ खुवाएका हुन् ।
सपथ खुवनए लगत्तै सभामुखले टीका लगाइदिए र उपसभामुख र आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बधाइ दिएका थिए ।
मनाङे समूहले २०६१ सालमा मिलन चक्रेलाई तरबार प्रहार गरेको थियो। सोही अभियोगमा मनाङेमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यानमुद्दा नभई कुटपिट ठहर २ वर्ष जेल सजाय सुनाएको थियो।
गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने पुनरावेदन अदालतको सजाय सदर गरेपछि उनले सांसदको सपथ लिन पाएका थिएनन्।
स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।