कोरोनासंक्रमित भेटिएको पर्साको मस्जिदमा रहेकाहरुको कोभिड–१९ परीक्षण गरियो

  • २०७
  • सोमबार, १ बैशाख २०७७


काठमाडौँ । पर्साको वीरगञ्जस्थित छप्कैयामा रहेको एक मस्जिदमा बस्दै आएका तीन जनामा कोरोनाभाइसको संक्रमण रहेको पुष्टि भएसँगै मस्जिदमा रहेका २८ जनालाई क्वारेन्टाइनमा राखेर कोभिड–१९ परीक्षण गरिएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मस्जिद रहेको छप्कैयामा ५९ जनाको ¥यापीड डायगोनिस्टिक प्रविधिबाट कोभिड–१९ परीक्षण गरिएकोमा उनीहरुको नतिजा नेगेटिभ आएको छ ।


स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर प्रविधिबाट ५ हजार ६९१ जनाको कोभिड १९ परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ५१९ जनाको परीक्षण भएको छ । यसमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार ४३२ जना र बाहिर १ हजार २५९ जनाको परीक्षण भएको छ ।
त्यस्तै, ५२ जिल्लामा ¥यापीड डायगोनिस्टिक टेस्ट प्रविधिबाट कोभिड १९ परीक्षण सुरु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । हालसम्म ५ हजार २९१ को आरडीटी प्रविधिबाट परीक्षण भइसकेको छ ।

मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा ७ हजार १६६ जना र आइसोलेसनमा १ सय ३ तीन जना रहेका छन् ।

त्यस्तै, मन्त्रालयका अनुसार कोभिड–१९ को बिरामी र नन कोभिड बिरामीको उपचारमा अस्पतालहरुमा उल्झनको स्थिति देखिएकाले यसबारे स्पष्ट पार्न निर्देशिका स्वीकृत गरिएको पनि डा. देवकोटाले जानकारी दिए ।

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.