चर्चित कार्टुन ‘टम एन्ड जेरी’ र ‘पोपआई’ का निर्देशक जिन डिचको निधन

  • ५२
  • मंगलवार, ९ बैशाख २०७७


सन् १९८०–९० मा निर्मित ‘टम एन्ड जेरी’ र ‘पोपआई’का एनिमेटर तथा निर्देशक जिन डिचको निधन भएको छ । यी कार्टुन चलिचत्र बालदेखि युवासम्म अत्यन्त लोकप्रिय बनेका छन् ।

९५ वर्षीय डिचको प्रागस्थित आफ्नै निवासमा निधन भएको हो । उमेर बढेसँगै विभिन्न स्वास्थ्य समस्याबाट जुधिरहेका उनको निधनको कारण भने बताइएको छैन ।


१९६० मा एनिमेटेट लघु चलचित्र ‘मुनरो’बाट ओस्कर अर्वाड जितेका र त्यसपछि पनि २ पटक ओस्करमा मनोनित भएका डिच एनिमेसन क्षेत्रका दिग्गज कलाकार हुन् ।

‘टम एन्ड जेरी’, ‘पोपआई’ लगायत उनले ‘टोम टैरिफिक’ सिरिज र ‘सिडनिज फ्यामिली ट्रि’ पनि बनाएका थिए । (नवभारत टाइम्स)

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.