आटाको प्याकेटमा राखेर पैसा बाँडेको बारे के भन्छन् आमिर खान?

  • ९५
  • मंगलवार, २३ बैशाख २०७७


नयाँ दिल्ली। भारतमा कोरोना भाइरस संक्रमण सुरु भएपछि बलिउड अभिनेता कुनै न कुनै रुपमा सहयोग गर्न लागि रहेका छन्। अक्षयकुमार, सलमान खान, शाहरुख खान ,अजय देवगनदेखि ठूला साना सबै कलाकार सकेको सहयोग गरिरहेका छन्।

 

यस्तैमा केही दिन पहिले एक भिडियो भाइरल भयो। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा आटाको ब्यागमा पैसाको नोट राखेर वितरण भइरहेको थियो। बलिउडका चर्चित अभिनेता आमिर खानले यसरी गरीब जनताका लागि राहत वितरण गरेको भन्दै मानिसहरु भिडियो सेयर गरिरहेका थिए भने कमेन्ट पनि गरिरहेका थिए।

 

तर यो खबर अफवाह भएको पाइएको छ। आमिर खानले यसलाई चिर्न सामाजिक सञ्जाल ट्वीटरमार्फत् खण्डन गरेका छन्। उनले यसरी भिडियोमा पैसा बाँडिरहेको व्यक्ति आफू नभएको बताएका छन्।

 

‘साथीहरु आटाको ब्यागमा पैसा राख्ने व्यक्ति म होइन’ उनले लेखेका छन्‚ ‘या त यो पूर्ण रुपमा फर्जी कहानी हो या कोही व्यक्तिले नाम सार्वजनिक गर्न नचाहेर यस्तो गरेको हुनसक्छ। सुरक्षित रहनुस्।’

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.