बलिउड संगीतकार वाजिद खानको मृत्यु, कोरोनाका कारण मृत्यु भएको आशंका

  • ९८
  • सोमबार, १९ जेठ २०७७


नयाँ दिल्ली । संगीतका बाजिद खानको आइतबार राती निधन भएको छ। गायक सोनु निगमले फेसबुकमा एक पोष्ट गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेका छन्

मिडिया रिर्पोटअनुसार उनी कोरोना संक्रमित थिए। परिवारले बिबिसीलाई दिएको जानकारीअनुसार उनी किड्नीको बिरामी भएको र दुई वर्ष पहिला उनको प्रत्यारोपण गरिएको थियो। उनको घाँटीमा इन्फेक्सन भएको थियो।उनको परिवारका अनुसार वाजिद किड्नीका विरामी थिए । र उनको दुई वर्ष पहिला किड्नीको प्रत्यारोपण गरिएको थियो ।
उनलाई चेम्बुरको सुराणा अस्पतालमा भर्ना गरिएको थियो । उनको कोविड–१९ को परीक्षण रिपोर्ट आउन बाँकी रहेको बीबीसीले जनाएको छ ।

वाजिद खानको पछिल्लो गीत ‘भाइ—भाइ।।।’ पछिल्लो हप्ता मात्रै रिलिज भएको थियो । उक्त गीत उनले सलमान खानसँग सहकार्य गरेर बनाएका थिए ।

 

उनी चेवुरको सुराना अस्पतालमा भर्ना भएका थिए। अहिले नै उनको कोरोना परीक्षण रिर्पोट नआएको बिबिसीले उल्लेख गरेको छ। उनको भर्खरै मात्र भाइ भाइ नामको गित सार्वजनिक भएको थियो। जसमा सलमान खान पनि देखिएका थिए।

उनले साजिद खानसँग मिलेर धेरै संगित सिर्जना गरेका थिए। उनीहरू १९९८मा रिलिज भएको सलमान खानको फिल्म मैने प्यार किया बाट चर्चामा आएका थिए।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.