सरकार आर्थिक संकटमा

  • २५
  • बुधबार, २१ जेठ २०७७


काठमाडौँ। अर्थ मन्त्रालय अन्तर्गतको राजश्व विभागले मंगलबार यही जेठ २५ गतेभित्र कर बुझाउन व्यवसायीहरुलाई ताकेता गरेपछि व्यवसायीले आश्चर्य व्यक्त गरेका छन्।

चैत ११ गतेदेखि कोरोना रोकथामका लागि सरकारले नै लगाएको लकडाउनका कारण उद्योग व्यवसाय बन्द गरेर बसिरहेको अवस्थामा एक्कासी अहिलेसम्मको कर चुक्ता गर्न चेतावनीयुक्त सूचना सार्वजनिक गर्नुका पछाडि सरकार आर्थिक संकटमा परेको स्रोतको दाबी छ।

आर्थिक वर्षको अन्त्य आउन लागेको र अनुमान गरेको राजश्व नउठ्दा अर्थमन्त्रालय आर्थिक संकटमा परेको छ।

अहिलेसम्म भएका विकास निर्माणको भुक्तानी अहिले नै गर्नुपर्ने र प्रशासनिक खर्च पनि धान्नुपर्ने हुँदा सञ्चित कोषमा एक्कैपटक व्ययभार आउने भएपछि सरकारले व्यवसायीलाई पाँच दिनभित्र कर चुक्ता गर्न निर्देशन दिएको हो।

स्रोतले देश सञ्चारसँग भन्यो, ‘सञ्चित कोषमा नगदको अभाव हुन नदिन कर चुक्ता गर्न भनिएको छ। राष्ट्रिय ढुकुटीमा व्ययभार थपिने तर आम्दानी नथपिने अवस्था रोक्न यसो गरिएको हो।’

बजेटले निर्धारण गरेको राजश्व नउठ्दा सरकारले तत्कालका लागि खर्च चलाउन नेपाल आयल निगम र दूरसञ्चार प्राधिकरणमा मौजदात रहेको पैसा तान्ने तयारीसमेत गरेको छ।

राजश्व विभागले जेठ २५ गतेभित्र सम्पूर्ण कर विवरण तथा कर बुझाउन ताकेता गरेको छ। गत साल फागुन र चैत महिनाको मासिक कर विरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर–फागुनको चौमासिक कर विवरण तथा ती विवरण बमोजिकको कर दाखिला गर्न सूचनामा भनिएको छ।

यस्तै गत फागुन र चैत महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला गर्ने विभागले जानकारी दिएको छ।

गत फागुन र चैत महिना बुझाउनु पर्ने अग्रम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको करण दाखिल गर्नुपर्ने छ। यसैगरी आयकर ऐन अनुसार गत चैत महिनामा बुझाउनु पर्ने आर्थिक वर्ष २०७६र०७७ को संशोधन जेठ मसान्तसम्म बुझाउनु पर्नेछ।

मन्त्रालयले आर्थिक ऐन बमोजिम गत फागुन र चैत महिनाका शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दुरसञ्चार सेवा दस्तुर दाखिला गर्नु पर्ने जानकारी दिएको छ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.