सुनचाँदीको कारोबार आजबाट खुला, सुन तोलामा १० हजारले बढ्यो

  • १९०
  • आइतबार, २५ जेठ २०७७


काठमाडौं। चैत ११ बाट बन्द भएको सुनचाँदीको कारोबार आजबाट सुचारु भएको छ । आज छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपालमा यो मूल्य हालसम्मकै उच्च हो।

यस्तै, तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ रहेको छ । सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो । लकडाउनपछि सुनको मूलय तोतामाम करिब १० हजार ४ सय रुपैयाँले बढेको छ । चैत १० गते प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज २०५ रुपैयाँले बढेर ९२५ रुपैयाँ पुगेको छ ।

कोरोना भाइरसका कारण अन्तरराष्ट्रिय बजारमा सुनको भाउ उच्च दरले बढेको छ ।

 

। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन आयातमा २ हजार रुपैयाँले भन्सार दर बढाएको छ जसले गर्दा पनि सुनको भाउ थप बढेको छ ।सरकारले आर्थिक क्रियाकलाप खुकुलो बनाउने निर्णय गरेसँगै आइतबारदेखि सुनचाँदीको भाउ प्रकाशित गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरे अनुसार नै केही घण्टा आंशिक रुपमा व्यवसाय सञ्चालन हुने महासंघले जानकारी दिएको छ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.