सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ८९ हजार ६ सय रुपैयाँ पुग्यो

  • ६२
  • बिहीवार, २९ जेठ २०७७


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार नेपालमा सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य अघिल्लो दिनको भन्दा हजार रुपैयाँ बढी कायम गरिएको हो । यो मूल्य नेपालमा हालसम्मकै सर्वाधिक हो ।


अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपालमा पनि मूल्य आकासिएको हो । यसदिन तेजाबी सुन प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला ९ सय ५० रुपैयाँ छ ।

जेठ २५ गते सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ तोकेर मूल्यसूची सार्वजनिक गरिएको थियो । त्यसयता सुनको मूल्य बढिरहेको छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.