नेकपा सचिवालय बैठक स्थगित

  • ८०
  • आइतबार, ३२ जेठ २०७७
 
काठमाडौँ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सञ्चो नभएको भन्दै अन्तिम समयमा आएर पार्टीको पूर्वनिर्धारित केन्द्रीय सचिवालय बैठक स्थगित गरेका छन्।
 
उनले आइतबार चार बजे बालुवाटारमा निर्धारित बैठक स्थगित गरेको जानकारी १० मिनेट अघि मात्रै सचिवायलका सदस्यहरुलाई गराएका हुन्।
 
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित भएको तर कारणबारे आफूहरुलाई जानकारी नगराइएको बताए।
 
तर पार्टी सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफूलाई सञ्चो नभएकाले अर्को दिन बसौँला भनेपछि बैठक स्थगित गरिएको हो।
 
प्रधानमन्त्री ओलीले योसँगै तीन पटक पूर्वनिर्धारित सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित गरेका छन् भने दुई पटक स्थायी कमिटी बैठक स्थगित गरेका छन्।
 
खासगरी नेकपामा एमसीसीलाई लिएर मत विभाजित भइरहेका बेला ओलीले आफ्नै सहमतिमा निर्धारण गरेका बैठकहरु स्थगित गर्दै आएका छन्।
 
यसअघि पनि उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी तय गरेको सचिवालय बैठक स्थगित गरेका थिए।
 
आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडा, एमसीसी अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो ।
 
अबको बैठक अनिश्चित बनेको छ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.