कांग्रेसले आज स्वदेश र विदेशबाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

  • ७३
  • मंगलवार, २ आषाढ २०७७


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा सरकारलाई दबाब दिन स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई विशेष ज्ञापन पत्र बुझाउने भएको छ ।

कांग्रेसले आज (मंगलबार) कोरोना भाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि दबाब दिन स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई विशेष ज्ञापन पत्र बुझाउन लागेको हो ।


कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अकर्मण्यता, अक्षमता र भ्रष्टाचार विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ सामाजिक दूरी कायम गर्दै कोरोनाका कारण विकराल बन्दै गएको परिस्थितिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारपन, अर्कमण्यता, असक्षमता र भ्रष्टाचारविरुद्ध कांग्रेसले सडकदेखि सदनसम्म आक्रमक रुपमा प्रस्तुत् भएर प्रधानमन्त्री केपी ओलीको आगामी कार्यकालको ‘छिनोफानो’ सम्म गर्ने आन्तरिक तयारी गरेको छ । प्रधानमन्त्री ओलीलाई नसुध्रिए कांग्रेसले सरकारविरुद्ध राजनीतिक रुपमा हरेक क्रियाकलपाप गर्न सकिने सन्देश दिन देश र विदेशबाट एक साथ विशेष ज्ञापन पत्र बुझाउन लागेको सहमहामन्त्री डा। प्रकाशशरण महतको भनाइ छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.