नेकपा स्थायी कमिटी बैठक बस्दै

  • ११२
  • बुधबार, १० आषाढ २०७७


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक आजबाट सुरु हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै सुरु गर्न लागिएको बैठकले एमसीसीबारे टुङ्गो लगाउने स्थायी कमिटी सदस्यले जानकारी दिए । असार १६ गतेदेखि एमसीसी लागु गर्नुपर्ने भएकाले टुङ्ग्याउनै पर्ने दबाबमा नेकपा छ ।

बेदुराम भुसाल यसअघि थाति रहेका विषय नै बैठकको कार्यसूची हुने बताउँछन् ।


“एजेन्डा बैठकले नै तय गर्ने परम्परा छ । यसअघि स्थायी कमिटी मात्रै हुँदा स्थायी कमिटीले नै तय गर्ने परम्परा थियो । कहिले पार्टी अध्यक्ष र महासचिवले तय गरेर ल्याएपछि बैठकले त्यसलाई अन्तिम रूप दिन्थ्यो । नेकपा गठन भएपछि सचिवालयले तय गर्ने परम्परा पनि नभएको होइन । यसपटक बैठकले नै तय गर्ने जस्तो देखिएको छ,” उनले भने ।

बैठकको कार्यसूची तय गर्न मङ्गलबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) छलफलमा बसेका थिए । त्यहाँ राजनीतिक दस्ताबेज र अजेन्डा तय गर्नेभन्दा पनि बैठकका बारेमा मात्रै कुराकानी भएको बालुवाटार स्रोत बताउँछ ।

“दस्ताबेजलाई अन्तिम रूप दिन पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक–साङ्गठनिक दस्तावेज ल्याउनु भएको थिएन । तयार नपारेको हुनसक्छ,” स्रोतले भन्यो ।

बेदुराम भुसाल पनि हरेक स्थायी कमिटीमा राजनीतिक दस्तावेज अनिवार्य नहुने बताउँछन् । जबकि, यसअघि २०७७ वैशाख २५ गतेको बैठक त्यही डकुमेन्टको बहानामा रोकिएको थियो ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.