बार्सिलोनालाई अन्तिमको गोलले दियो धक्का ,शीर्ष स्थानमा अग्रता बनाउने मौकाबाट चुक्यो

  • ७१
  • आइतबार, १४ आषाढ २०७७

 

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोसँग २–२ गोलको बराबरी खेलेको हो । सेल्टा भिगोको घरेलु मैदानमा बार्सिलोनाले लिएको दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरी खेल्न परेको हो । खेलको २० औँ मिनेटमा लियोनल मेस्सीले लिएको फ्रिकिक पासमा स्वारेजले हेड गोल गरेका थिए ।

५० औँ मिनेटमा घरेलु टोलीका लागि फोयोडर समोलभले सेल्टा भिगोका लागि बराबरी गोल फर्काए । ८८ औँ मिनेटमा आसपासले गोल गर्दा बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउने मौका गुमाएको हो । बराबरीसँगै बार्सिलोनाले ३२ खेलबाट ६९ अंक जोड्दै शीर्ष स्थानमा आफुलाई उभाएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको रियल मड्रिडको ६८ अंक छ । उता सेल्टा भिगो ३४ अंक सहित १६ औँ स्थानमा छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.