अतिरिक्त समयको गोलले म्यानचेस्टर युनाइटेड पुग्यो सेमिफाइनलमा

  • ६५
  • आइतबार, १४ आषाढ २०७७


एजेन्सी । संघर्षपूर्ण खेलमा जित निकालेर म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

एफए कपको छैटौँ चरण अन्तर्गत शनिबार राति नर्विचको मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले अतिरिक्त समयमा २–१ जित दर्ता गरेको हो ।

पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । ५१ औँ मिनेटमा ओडिअन इघालोले गोल गरेर म्यानचेस्टर युनाइटेडलाई सुरुवाति अग्रता दिलाए ।

तर ७५ औँ मिनेटमा क्यान्टवेलले नर्विचका लागि बराबरी गोल गरे । ८९ औँ मिनेटमा सिधै रातो कार्ड पाएर टिम क्लोज मैदानबाट बाहिरिएपछि नर्विच १० खेलाडीमा सीमित भयो ।

अतिरिक्त समयमा धकेलिएको खेलमा ११८ औँ मिनेटमा ह्यारी मागुइरीले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई महत्वपूर्ण जित दिलाए ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.