वाट्फोर्डमाथि साउथह्याम्पटनको प्रभावशाली जित

  • ५६
  • सोमबार, १५ आषाढ २०७७


एजेन्सी । रेलिगेशनको जोखिममा रहेको वाट्फोर्ड इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा साउथह्याम्पटनसँग स्तब्ध भएको छ ।

अवे मैदानमा भएको खेलमा साउथह्याम्पटनले वाट्फोर्डमाथि ३–१ को जित दर्ता गरेको हो । साउथह्याम्पटनका लागि ड्यानी इनग्सले दुई गोल गरे । यस्तै जेम्स वार्ड–प्रोवस एक गोल गरेका हुन्।

वाट्फोर्डका लागि साउथह्याम्पटनकै बेडनारिकले गोल गरे अर्थात ७९ औँ मिनेटमा बेडनारिकले गरेको आत्मघाती गोल वाट्फोर्डको खातामा रहेको हो ।

जितपछि ३२ खेलबाट ४० अंक बनाएको साउथह्याम्पटन १३ औँ स्थानमा उक्लिएको छ । रेलिगेशन जोनबाट केही माथि मात्रै रहेको वाट्फोर्ड भने २८ अंकसहित १६ औँ स्थानमा छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.