सेमिफाइनलमा पुगे म्यानचेस्टर सिटी र आर्सनल

  • ६२
  • सोमबार, १५ आषाढ २०७७


एजेन्सी । म्यानचेस्टर सिटी र आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको क्वाटरफाइनलमा जित निकाल्दै दुवै क्लबले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गरे अघिल्लो चरणको यात्रा तय गरेको हो । उसका लागि ३७ औँ मिनेटमा पाएको पेनाल्टीमा केविन डी ब्रुयन र ६८ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गले गोल गरे ।

यस्तै आइतबार राति नै भएको खेलमा शेफिल्ड युनाइटेडलाई २–१ ले पराजित गरी आर्सनलले पनि अन्तिम चारको यात्रा तय गरेको हो ।

आर्सनलका लागि २५ औँ मिनेटमा पाएको पेनाल्टीमा पेपे तथा इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा सेबालोसले गोल गरे । शेफिल्डका लागि ८७ औँ मिनेटमा म्याकगोल्डरिकले एक गोल फर्काएका हुन् ।

फाइनल प्रवेशका लागि म्यानचेस्टर सिटी र आर्सनलले एकअर्काको सामना गर्ने छन्।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.