नेपोली र मिलानको सहज जित

  • ६४
  • सोमबार, १५ आषाढ २०७७


एजेन्सी । इटालियन सिरी ए फुटबलमा नेपोलीले सहज जित निकालेको छ । घरेलु मैदानमा स्पाललाई ३-१ गोलले पराजित गर्दै नेपोलीले सहज जित निकालेको हो ।

खेलको चार मिनेट नबित्दै ड्रेस मार्टिन्सले गोल गर्दै घरेलु टोली नेपोलिलाई अग्रता दिलाएका थिए । तर २९ औं मिनेटमा स्पालका आन्द्रेअ पेटाग्नाले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।


त्यस्तै ३६ औं मिनेटमा जोसे कलेजनले गोल गर्दै नेपोलीलाई पुनः अग्रता दिलाए । उनले एलिफ इल्मासको पासमा गोल गर्दै पहिलो हाफमा २(१ गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा नेपोलीले थप एक गोल गर्दा अमिन योउनेसले गोल गरे । उनले खेलको ७८ मिनेटमा गोल गर्दै नेपोलीलाई ३-१ गोलको सहज जित दिलाए ।

यस जितसँगै नेपोलीले २८ खेलबाट ४५ अंक जोड्दै तालिकाको छैटौं स्थानमा यथावत छ । यता पराजित स्पाल समान खेलमा मात्र १८ अंक जोड्दै तालिकाको पुछारमा छ ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.