कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २९ पुग्यो

  • ५१
  • सोमबार, १५ आषाढ २०७७


काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सोमबार एक कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या २९ पुगेको छ।

त्यस्तै, सोमबार थप ४७६ जना कोरोना संक्रमित भेटिएसँगै नेपालमा संक्रमितहरुको संख्या पनि १३ हजार २ सय ४८ पुगेको छ।

ललितपुरको सानेपास्थित स्टार अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेहरु२९ पुगेको हो।

रौतहटका ३० वर्षका पुरुषको शनिबार राति मृत्यु भएकोमा आइतबार साँझ मात्रै पीसीआर रिपोर्ट प्राप्त भएको हो।

संक्रमितको उपचारमा संलग्न एक जना चिकित्सक दुई जना स्टाफ नर्स र एक जना सहयोगीलाई क्वारेन्टिनमा राखिएको अस्पतालले जनाएको छ।

बिरामीका चार जना आफन्तलाई समेत अस्पतालकै आइसोलेसनमा राखिएको छ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.