१२ जिल्लामा पुग्यो सलह ,आइतबारसाँझ कपिलवस्तुमा मात्रै करिब ९ लाख संख्याको झुन्‍ड देखियो

  • ८४
  • सोमबार, १५ आषाढ २०७७


काठमाडौं । नेपाल प्रवेश गरेको सलहको संख्या करिब १५ लाख पुगेको छ । आइतबारसाँझ कपिलवस्तु जिल्लामा करिब ८र९ लाखको संख्यामा सलहको नयाँ झुन्ड देखा परेसँगै देशका विभिन्‍न जिल्लामा करिब १५ लाख सलह फैलिएको अनुमान छ ।

प्लान्ट क्‍वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका फोकल पर्सन रामकृष्ण सुवेदीका अनुसार आइतबारसाँझदेखि कपिलवस्तुमा करिब ८र९ लाखको संख्यामा सलहको झुन्ड देखिएको थियो । तर, मौसम प्रतिकूलताका कारण ती झुन्ड रुखमै बसिरहेको, बालीनालीमा नगइसकेको उनले बताए । शनिबारदेखि नेपाल प्रवेश गरेको सलह १२ जिल्लामा फैलिएको छ ।

 

सुवेदीका अनुसार कपिलवस्तमा सबैभन्दा ठूलो संख्यामा झुन्ड देखिए पनि त्यसले असर भने गरिसकेको छैन । त्यसबाहेक चितवन, मकवानपुर, सिन्धुली, काभ्रे र पाल्पामा पनि करिब ४०र५० हजारको संख्याको झुन्डमा सलह देखिएका छन् ।

“हिजो कपिलवस्तुमा देखिएको नयाँ झुन्डबाहेक अन्य सलहको झुन्ड तितरवितर भएर विभिन्‍न जिल्लातर्फ गएको छ । त्यसले नोक्सान गर्ने परिस्थिति बनेको छैन,” उनले भने ।

सुवेदीका अनुसार हालसम्म १२ जिल्लामा सलह पुगेको छ । कपिलवस्तु, चितवन, मकवानपुर, सिन्धुली, काभ्रे, कास्की, गुल्मी, पाल्पा, बाँके, बर्दिया, धनगडीका विभिन्‍न स्थानमा सलह पुगेको छ । तर, यी जिल्लामा ठूलो संख्यामा नभई सानो–सानो संख्यामा सलहको झुन्ड छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.