मालपोतको राजश्व आफ्नै खातामा हालेर लेखापालले आठ वर्षमै तीन करोड भ्रष्टाचार गरे

  • ६२
  • सोमबार, १५ आषाढ २०७७


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमरा बाराका तत्कालीन लेखापाल युगल किशोर ठाकुर उपर भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार विशेष अदालत काठमाडौँमा तीन करोड चार लाख ९४ हजार तीन सय आठ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो।

२०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट नासु पदमा सहलेखापालको पदमा सरकारी सेवा गरेका ठाकुरले आठ वर्षकै अवधिमा तीन करोडभन्दा बढी गैरकानुनी रुपमा आर्जन गरेको फेला गरेको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालालो जानकारी दिए।

२०७२ वैशाखमा लेखापालमा बढुवा भई मालपोत कार्यालय सिमरामा रहँदा उनले उठेको राजस्व रकम आफ्नै खातामा जम्मा गरेको पाइएको आयोगले जनाएको छ।

अभियोगपत्रमा उल्लेख गरिएको छ, ‘निजहरुको संयुक्त व्यक्तिगत खातामा जम्मा गर्ने गरेको र कार्यालयको खातामा दाखिला गरिनु पर्ने राजस्व रकमलाई समेत आफु अनुकूलका खर्च लगानीमा प्रयोजन तथा खर्च गर्न सक्ने गरी निजले र तत्कालिन मालपोत कार्यालय सिमराका कार्यालय प्रमुख मदन प्रसाद गुप्ताको संयुक्त नाममा राष्ट्रिय बाणिज्य बैंक सिमरामा खाता १२३०००१९१८१० मिति २०७५।०५।०७ मा खोलिएको व्यक्तिगत खातामा जम्मा गरेको पाइयो ।’

ठाकुरको २०७६ बैशाख मसान्तसम्ममा पारिश्रमिक वचत आय दश लाख ८० हजार सात सय अन्य आयहरुको दाबी पुष्टि गर्न नसकेको आयोगले जनाएको छ।

उनले श्रीमती शोभा कुमारीको नाममा दर्ता कायम रहने गरी बारा बधवन गापा–५ स्थित०९०–७–१० विगहा जग्गा खरिद गरेको, वाणिज्य बैंकमा मौज्दात रकम २ करोड ७६ लाख ४४ हजार रहेको, अरु विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रहेभएका बैंक खाताहरुमा ११ लाख ३९ हजार रहेको,

अनुसन्धानका क्रममा २४ लाख ९२ हजार फेला परेको तथा उनको सम्पूर्ण आम्दानी वैशाखसम्म तीन करोड १५ लाख ७५ हजार फेला परेको छ।

तर वैधानिक आम्दानी भने दश लाख ८० हजार सात सय मात्र हुँदा अवैध आम्दानी तीन करोड चार लाख ९४ हजार तीन सय आठ रुपैयाँ अनुसन्धानबाट देखिएकाले श्रीमतीसहित ठाकुरविरुद्ध बिगो बराबर जरिवाना माग गर्दै मुद्दा दायर गरेको आयोगले जनाएको छ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.