साउन ७ गतेसम्म लकडाउन जारी- हवाई उडान, सीमानाका र सार्वजनिक सवारी बन्दै हुने

  • ९८
  • मंगलवार, १६ आषाढ २०७७


काठमाडौँ: सरकारले लकडाउनको पछिल्लो मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार साउन ७ गतेसम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् भने मोटरसाइकल तथा निजी सवारी साधनहरु जोर बिजोर प्रणालीमा चल्नेछन्।

हवाई उडान तथा अन्तर्राष्ट्रिय नाका पनि बन्द रहनेछ भने शैक्षिक संस्थाहरु बन्द नै रहनेछन्।

रेस्टुरेन्टमा प्याकिङमात्र खुला गरिएको छ। सार्वजनिक उपयोगका सिनेमाहल, पुस्तकालय, संग्रहालयलगायतका स्थान भने बन्द नै रहनेछन्।

बजार, व्यवसाय र डिपार्टमेन्टल स्टोर भने खुला रहनेछन् भने सपिङ मलहरु भने बन्द नै रहनेछन्।

मन्त्रिपरिषद् बैठकले नाकाहरुमा कडाइ गर्ने तथा सामाजिक दूरी, मास्क र स्यानिटाइजरलाई अझ कडाइपूर्वक लागू गर्ने निर्णय गरेको मन्त्रिपरिषद्को एक स्रोतले जानकारी दिएको छ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.