भारतमा टिकटकसहित ५९ एप्लिकेसनमाथि प्रतिबन्ध

  • ६८
  • मंगलवार, १६ आषाढ २०७७

 

नयाँ दिल्ली। भारत सरकारले टिकटकसहित ५९ एप्लिकेसनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार चीनमा निर्माण भएको टिकटकसहित अन्य ५९ एप्लिकेसनहरुको डाउनलोडमा रोक लगाइएको हो।


सोमबार एक सूचना जारी गर्दै उक्त निर्णय भएको जनाइएको हो। भारतीय सरकारको सार्वभौमिकता र अखण्डतामा आँच ल्याउने किसिमका एप्लिकेसनलाई प्रतिबन्ध लगाइएको बताइएको छ। भारत र चीनका विचमा सिमा विवाद चर्चिरहेकको समयमा यस्तो निर्णय भएको हो।

प्रतिबन्ध भएका एप्लिकेसनहरूमा टिकटक‚ सेयरइट‚ क्वाइ‚ यूसी ब्राउजर‚ बाइडू म्यापलगायत रहेका छन्। पछिल्लो समय चिनियाँ उत्पादनको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै भारतीय नागरिकले सामाजिक सञ्जालमार्फत चर्को दबाब दिइरहेका थिए।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.