कोरोना भाइरसः उपचारपछि घर फर्किने संख्या ५६ लाख ४६ हजार ८१६ पुग्यो

  • ५८
  • मंगलवार, १६ आषाढ २०७७


काठमाडौं। चीनको वुहानबाट फैलिएको नोवेल कोरोना ९कोभिड–१९० भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ५६ लाख ४६ हजार ८१६ जना उपचारपछि घर फर्किएका छन् ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ४० लाख १ हजार १६२ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ५ लाख ७ हजार ४९९ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा ११ लाख ४ हजार ७३६ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ७ लाख ५७ हजार ४६२ जना, रसियामा ४ लाख ३ हजार ४३०, भारतमा ३ लाख ३५ हजार २७२ र चिलीमा २ लाख ३६ हजार १५४ जना उपचारपछि घर फर्किएका छन् ।


हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २६ लाख ८१ हजार ४०६ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा १३ लाख ७० हजार ४८८ जना, रसियामा ६ लाख ४१ हजार १५६ जना, भारतमा ५ लाख ६७ हजार ५३६ जना र बेलायतमा ३ लाख ११ हजार ९६५ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख २८ हजार ७७४ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ५८ हजार ३८५ जना, बेलायतमा ४३ हजार ५७५ जना, इटालीमा ३४ हजार ७४४ जना र फ्रान्समा २९ हजार ८१३ जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.