बंगलादेशमा डुंगा पल्टिँदा कम्तिमा ३२ जनाको मृत्यु

  • १८२
  • मंगलवार, १६ आषाढ २०७७


बंगलादेशमा फेरी (ठूलो डुंगा) पल्टिँदा कम्तिमा ३२ जनाको ज्यान गएको छ । राजधानी ढाका नजिकैको नदीमा डुंगा पल्टिएको हो ।

बुरिगंगा नदीमा अर्को फेरीसँग ठोक्किएर दुर्घटना भएको हो । बंगलादेशको सबैभन्दा ठूलो बन्दरगाह सादरघाट नजिकै दुर्घटना भएको उद्धार अधिकारीले बताएका छन् ।

मध्य बंगलादेशको गाउँबाट कम्तिमा ५० यात्रु लिएर आएको डुंगा दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बंगलादेशमा यात्रु अधिक हुँदा बारम्बार फेरी दुर्घटनामा पर्ने गरेका छन् । फेरीका २० यात्रु अझै बेपत्ता रहेको बताइन्छ ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.