भुवन केसीको टिप्पणीपछि साम्राज्ञीले दिइन् जवाफ

  • १८२
  • मंगलवार, १६ आषाढ २०७७


काठमाडौं । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफू दुर्व्यवहारमा परेको बताएकी छिन् । केही दिनअघि ३ वटा नेपाली फिल्ममा काम गर्दा दुव्यर्वहारमा परेको बताएकी थिइन् ।

उनले फिल्मको नाम सार्वजनिक नगरे पनि निर्माताको नियतमाथि प्रश्न उठाएकी थिइन् । फिल्म ‘ड्रिम्स’ मा काम गर्दा नराम्रो व्यवहार भोगेको उनले सांकेतिक रुपमा भिडियोमार्फत बताएकी थिइन् ।


त्यसको प्रतिक्रिया दिँदै अभिनेता तथा निर्माता भुवन केसीले एक टिप्पणी गरेका थिए । उक्त टिप्पणीमा भुवनले ‘जुन थालमा खायो, त्यही थालमा दुलो पार्ने’ भनेका थिए ।

भुवनको यो अभिव्यक्तिपछि साम्राज्ञीले पुनः अर्को भिडियो सार्वजनिक गर्दै आफूलाई गालामा टाँसिन आएर ‘तँ त मेरो प्रोडक्ट होस्’ भन्दै मिडियामा यस्ता कुरा बाहिर नल्याउन भनेको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘कति धेरै कुरा जुन मैले सहेर लुकाएर बसिरहेकी थिएँ ।’

उनले अरु मेकरले पनि यस्ता कुरा बाहिर नल्याउन भनेको पनि खुलासा गरेकी छिन् । साम्राज्ञीको यो खुलासापछि फ्यानले राम्रो गरेको प्रतिक्रिया दिएका छन् ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.