कोरोना भाइरस : विश्वभर २४ घण्टामा ३४ सयको मृत्यु, १ लाख ६० हजार संक्रमित

  • मंगलवार, १६ आषाढ २०७७


काठमाडौं ।६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् ।

 एकै दिन १ लाख ६० हजार ३६३ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख २ हजार ३८९ पुगेको छ । विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार ४०२ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७ हजार ५१५ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ५६ लाख ४७ हजार ३२९ पुगेको छ भने ४२ लाख ४७ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९१ हजार २६ जनाको मृत्यु भएको छ ।

२४ लाख २९ हजार २३४ जना संक्रमित भएकोमा १३ लाख ५६ हजार ९४५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६७ हजार ९४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३१ लाख २४ हजार ३४ पुगेको छ । त्यसमध्ये १३ लाख ४९ हजार ४१० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ५५ हजार ७३० जनाको मृत्यु भएको छ । २२ लाख ५६ हजार ३८४ जना संक्रमित भएकोमा १४ लाख ७६ हजार १९६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ८३ हजार ६१० जनाको मृत्यु भएको छ । २१ लाख ८६ हजार २९५ जना संक्रमित भएकोमा १२ लाख ६७ हजार ६१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ९ हजार ९१४ जनाको ज्यान गएको छ भने ३ लाख ९६ हजार ३१४ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८९ हजार ७२२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ४०७ जना संक्रमित भएकोमा ८ हजार ५९९ जना संक्रमणमुक्त भएका छन् ।

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.