बेइजिङ। भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि चीनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनमात्र नभएर सबै विदेशी लगानीकर्ताको कानुनी अधिकारलाई सहयोग गर्नु भारतको जिम्मेवारी भएको बताएका छन्।
उनले चिनियाँ कम्पनीलाई स्थानीय र अन्तर्राष्ट्रिय कानुनअनुसार चल्न निर्देशन दिँदै आएको बताउँदै भारतले गैह्र जिम्मेवारपुर्ण काम गरेको संकेत गरेका छन्।
सिमावर्ती क्षेत्रमा आफ्ना सैनिकहरु चिनियाँ पक्षबाट मारिएपछि भारत रुष्ट भएको छ। चीनले भारतीय सेना अनधिकृतरुपमा आफ्नो भूमीमा प्रवेश गरेकाले कारबाही गर्नुपरेको बताउँदै आएको छ।