भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत ३५ वर्षीय महिलाम कोरोना संक्रमण पुष्टि

  • ३५६
  • मंगलवार, १६ आषाढ २०७७


भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत एक कर्माचारीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा १ जना महिलामा संक्रमण पुष्टि भएको बताएको थियो ।

ती महिला भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

काभ्रे घर भएकी ती महिला क्यान्सर अस्पतालको डे केयर युनिटमा काम गर्ने कर्मचारी रहेको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले बताए ।

तजलेका अनुसार काठमाडौंको बीर अस्पतालबाट मस्तिष्कसम्बन्धि रोगको शल्यक्रियाका लागि भक्तपुर क्यान्सर अस्पताल आएकी काभ्रेकी १२ वर्षीया बालिकामा असार १३ गते राति कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका चिकित्सक, नर्स र बिरामी तथा उनका आफन्त गरी जम्मा ३० जनाको क्यान्ट्याक ट्रेसिङ गरिएकोमा उनको भने पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित महिलालाई आजै टेकु अस्पतालमा लगिएको अस्पतालका प्रशासन प्रमुख तजलेले जानकारी दिए ।

 

भर्खरै

हाम्रो बारेमा

तपाईको सूचनालाई हामी समाचारका रुपमा प्रस्तुत गर्दै जानेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा सुनाखरी पाटीले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

सम्पर्क ठेगाना

सुनाखरीपाटी मिडिया प्रा.लि.
भक्तपुर नगरपालिका–१, भक्तपुर
सुचना तथा प्रसारण विभाग नं. १६३५/०७६–७७

सम्पादकः रोशन सिल्पकार

सञ्चालकः शिवराम पालुबञ्जार

सम्पर्क नं. ९८४१७९५६८७/९८४१३००७०४

विज्ञापनका लागि: ९८४१७९५६८७

Email : sunakharipati@gmail.com

© 2018 सुनाखरी पाटी. All Rights Reserved

Developed by : NCS.Technology | Powered by : NepBay Inc.